दफा १४
दिइएको अधिकार समय समयमा प्रयोग गर्न पाउने बारे:

कुनै नेपाल ऐनले अख्तियार दिएकोमा अर्को अभिप्राय नदेखिए चाहिएको बखतमा सो अधिकारको प्रयोग गर्न हुन्छ ।

१४क. नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिनेः प्रचलित कानूनमा नेपाल सरकारबाट सम्पादन हुने भनिएका विषयमध्ये देहायका विषय नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट र सो बाहेकका अन्य विषय नेपाल सरकारको कार्यसम्पादन नियमावली वा नेपाल सरकारबाट अधिकार प्रत्यायोजन भए बमोजिम सम्बन्धित मन्त्री वा मन्त्रीले अधिकार प्रत्यायोजन गरे बमोजिम नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको अधिकृतबाट सम्पादन भएकोमा त्यस्तो कार्य नेपाल सरकारबाट सम्पादन भएको मानिनेछः-

(क)   प्रचलित कानूनमा नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट सम्पादन हुने भनि उल्लेख भएका विषय,

(ख)   नेपाल सरकारको कार्यसम्पादन नियमावली बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पेश गर्नु पर्ने विषय,

(ग)   प्रचलित कानूनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भनी उल्लेख भएका विषय।”